८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

श्रीलङ्काकाका राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिबाट लिए सपथ



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८१, बुधबार  १२ : ३६ बजे