काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजको सुनको मूल्य हालसम्मकै उच्च हो ।
मंगलबार ९चैत ५ गते० सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।
आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ ।





