काठमाडौँ । आजदेखि सञ्चालनमा भइरहेको माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले एसइई शान्त एवम् मर्यादित वातावरणमा सम्पन्न भएको बताए ।
देशभरका दुई हजार ७९ परीक्षा केन्द्र तथा जापानमा भाइवरमार्फत भएको परीक्षा सहज वातावरणमा सम्पन्न भएको हो । पाँच लाख १४ हजार ७१ विद्यार्थी एसइईमा सहभागी भएका थिए भने एसइई को पहिलो दिन बिहीबार अङ्ग्रेजी विषयको परीक्षा सम्पन्न भएको हो ।





