२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

आठ महिनामा करिब २२ अर्बका १४ लाख स्मार्टफोन आयात



काठमाडौं । चालु आर्थिक वर्ष २०८१र०८२ को आठ महिनामा करिब २२ अर्ब रुपैयाँका स्मार्टफोन आयात भएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात गरिएको हो ।

यसबाट सरकारले चार अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुनमसान्तसम्म एक अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवं वायरलेस सञ्चारका उपकरण भित्र्याइएको छ ।

यसबाट सरकारले २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ११ : ०६ बजे