२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

कृषि विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । २०८१ चैत्र ४ देखि चैत्र १० गते सम्म Global money week २०२५ अभियान अन्तर्गत बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरु तथा विभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । “Think before you follow, wise money tomorrowÆ भन्ने नाराका साथ साताब्यापी मनाइएको साक्षरता कार्यक्रममा विभिन्न स्कुल तथा कलेजहरुमा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी कक्षाहरु सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको थियो । एक सातासम्म चलेको उक्त अभियानबाट झण्डै २५ हजारमा बिद्यार्थीहरु लाभान्वित भएको बैंकले दाबी गरेको छ । बैँकले अघिल्लो बर्षहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना प्रदेश कार्यालयत तथा शाखाहरु मार्फत युवा, महिला, उद्यमी तथा अन्य समुदायलाई लक्षित हुने गरी वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ७ : ०३ बजे