८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

सुनचाँदीको मूल्य बढ्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने १० रुपैयाँ बढेर कारोबार भइरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  १२ : ४६ बजे