८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

तीनकुनेमा राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप, कार्यक्रम बिथोलियो



काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी प्रदर्शनकारीबीच झडप भएको भएको छ । प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।

प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

झपड भएपछि राजावादी नेताहरु कार्यक्रम स्थल छोडेर भागेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  १ : ५७ बजे