२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको सङख्या घटाइयो



काठमाडौँ । सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिने सुरक्षाकर्मीको सङख्या घटाएको छ । बिहिबारं गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ। निर्मल निवासमा यसअघि सशस्त्र प्रहरी बलको कार्यदलबाट डिएसपी जगदीश हमालको नेतृत्वमा २५ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई हटाएर अब डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको नयाँ टोली पठाइएको बताएको छ।

भिभिआइपी सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाउने प्रावधान छ, तर निर्मल निवासमा हालसम्म २५ जना खटिँदै आएका थिए।

पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रदर्शनको नेतृत्व गरेका थिए।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  १० : ५८ बजे