काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर दैनिक नँया रेकर्ड राख्न थालेको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै लगातार उकालो लागेको छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
सोमबार ९चैत १८० छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आजअघि त्यो उच्च मूल्य थियो ।
चाँदीको मूल्य भने स्थिर छ ।