हेटौँडा। बागमती प्रदेशसभामा सर्वदलीय बैठक सुरु भएको छ।
सभामुख भुवनकुमार पाठकले बिहान ८ बजेका लागि आह्वान गरेको बैठक केही ढिलोगरी ९ बजेपछि सुरु भएको हो।
सभामुख पाठकका अनुसार बैठकमा प्रदेशसभा सञ्चालनका विषयमा छलफल हुनुका साथै पछिल्लो राजनीतिक अवस्थाका बारेमा पनि विमर्श हुनेछ। सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटाई प्रदेशसभाको बैठकलाई सहज बनाउन यो बैठक बोलाइएको हो।