२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर



थाइल्यान्ड । नेपाल र थाइल्यान्डबीच पर्यटन र संस्कृतिसँग सम्बन्धित दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थिङ् शिनावात्राको उपस्थितिमा आज ती समझदारीपत्रमा हस्ताक्षर भएका हुन् ।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ती समझदारीपत्रमा हस्ताक्षर गरिन् । थाइल्यान्डका तर्फबाट संस्कृतिसम्बन्धी समझदारीपत्रमा संस्कृतिमन्त्री सुदावान वाङसुफाकिजकोसोल र पर्यटन सहयोगसम्बन्धी सम्झौतापत्रमा पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तिनथोङले हस्ताक्षर गरेको बताइएको छ ।

यसैगरी दुईदेशका प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रसँग सम्बन्धित स्वास्थ्य, शिक्षा र व्यापार वाणिज्यसँग सम्बन्धित क्षेत्रमा विभिन्न समझदारीपत्रमा समेत हस्ताक्षर भएको थियो ।

थाइल्यान्ड सरकारको औपचारिक भ्रमण तथा छैटौँ ‘बिम्स्टेक’ सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते यहाँ आएका थिए । रासस

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  २ : ०१ बजे