२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

सुनको मूल्य उच्च विन्दुबाट घट्यो



काठमाडौं । सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको हो । त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  २ : ०७ बजे