२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

पूर्वराजामा संवेदनशीलता देखिएनः महामन्त्री शर्मा



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताउनुभएको छ।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै महामन्त्री शर्माले यस्तो बताएका हुन्। पूर्वराजा शाहले गत फागुन ७ मा गरेको आह्वानका आधारमा प्रदर्शन भएकोले उहाँको संलग्नता रहेको महामन्त्री शर्माको जिकिर छ।

पूर्वराजाको अपिलमा प्रदर्शन भइसकेपछि पत्रकारको मृत्यु हुँदै गर्दा उहाँलाई समवेदना फिल हुनुपदैन ? भन्दै उनले प्रश्न समेत गरे । उनले राजतन्त्रमा परिवारवादका आधारमा पुरुषलाई मात्र अवसर मिल्ने भए पनि गणतन्त्रले महिला राष्ट्रपति बनाएको उल्लेख गरे। उनले राजनीतिक दलको नेतृत्व र सरकारप्रति रहेका असन्तुष्टिलाई सुधार गर्दै जानुपर्ने बताए। उनले ०८४ को निर्वाचनपछि मुख्य राजनीतिक दलमा दलको नेतृत्व परिवर्तन हुने दाबी गरे।

तीनकुने घटनाको छानबिन गर्न सरकारले न्यायिक छानविन समिति गठन गरेर गहिरो अनुसन्धान गर्नुपर्नेमा उनको जोड छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : २९ बजे