२४ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

सेयर बजार बढ्यो



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २३.८६ अंकले बढेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशतले बढेर २,७००.०४ विन्दुमा बन्द भएको छ ।

यस दिन १६६ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै, ७८ कम्पनीको सेयरमूल्य घटेको छ ।

आज विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । यस दिन पाँच अर्ब ४४ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८१, बुधबार  ३ : ३६ बजे