२८ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

सुनको मूल्यमा गिरावट



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ८०० रुपैयाँ कायम छ । आइतबार ९चैत २४० छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

यही चैत २१ गते सुनको मूल्य तोलाको हालसम्मकै उच्च एक लाख ८० हजार ३०० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८१, सोमबार  १० : ५७ बजे