जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले आज बिहान ११स्३० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लाग्नुभएको प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए।
प्रदेशसभा सचिवालयले प्रधानमन्त्री ओलीको सम्बोधनको तयारी पुरा भएको जनाएको छ। सम्बोधनको लागि सभाहललाई आकर्षक बनाइएको छ । प्रधानमन्त्रीको स्वागतका लागि विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ। प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाले सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध पूरा भएको जानकारी दिए ।
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री ओली आज दिनभर मधेशप्रदेशका विभिन्न कार्यक्रमहरुमा व्यस्थ रहनुहुने प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको छ ।