३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य



धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको पाँचौं अधिवेशन अन्त्य गरेका छन् । प्रदेश प्रमुख मियाँले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश सभाका सचिव देव बहादुर बोगटीले जानकारी दिए।

प्रदेश प्रमुख मियाँले प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा उक्त निर्णय गर्नुभएको बताएको छ । यसअघि, संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम २०८१ साउन २७ गते प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। त्यस अवधिमा बैठकले प्रदेश सरकारको २०८१र८२ को संशोधित नयाँ बजेट पारित गरेको थियो।

महिनौँदेखिको अवरोधले प्रदेश सभाको बैठक बस्न सकेको थिएन। सत्ता पक्ष र प्रतिपक्षी दलहरू बीचको वार्ता र छलफलमा सहमति नजुट्दा प्रदेश सभा बैठकको आयोजना गर्न समस्यामा परेको थियो।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : ०८ बजे