९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025

रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् बैठकमा एजेण्डा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक बस्दैँछ । कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बुधबार अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, महाअधिवेशन, जनयात्रा, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यलगायत रहेका छन ।

सभापति रबि लामिछाने पुनः पक्राउ परे पछि रास्वपाले पहिलो पटक केन्द्रिय कार्यालयमा सचिवालय बैठक बोलाएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ११ : ०८ बजे