९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

सुनको मूल्य फेरि उकालो लाग्यो



काठमाडौं । लगातार ३ दिनदेखी घटेको सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८३० मा कारोबार भएको चाँदी आज १८३५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार  ११ : ३५ बजे