काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज बिहिबार सुनको मूल्य एकैदिन तोलामा पाँच हजार ७०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य तोलाको एक लाख ८१ हजार १०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार ९चैत २७० छापावाल सुन प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।
यही चैत २१ गते छापावाल सुन प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।





