काठमाडौं । पानी परेपछि काठमाडौँको उपत्यकाको बायु प्रदुषणको मात्र घटेको छ । काठमाडौं उपत्यकाको वायु प्रदूषण बिहीबार केही मात्रामा कम भएको छ । काठमाडौंको उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको वर्षाका कारण वायु प्रदूषण घटेको हो ।
बिहीबार बिहान ११ः३० बजे उपत्यकाका विभिन्न स्थानको वायुको गुणस्तर मापदण्ड ९एक्यूआई० १४० भन्दा कम छ ।
बुधबार दिउँसोसम्म उपत्यकाका विभिन्न स्थानको एक्यूआई अधिकतम १५० देखि १८० सम्म थियो ।
आज उपत्यकाका शंखपार्क, रत्नपार्कको एक्यूआई क्रमशस् १३६ र १२७ मा झरेको छ । यस्तै, ललितपुरका खुमलटार, भैँसेपाटीको एक्यूआई पनि घटेर क्रमशस् ८५ र ९० मा झरेको छ । भक्तपुरको एक्यूआई पनि घटेर ९० मा झरेको छ ।
बुधबार अस्वस्थकर बनेका उपत्यकाबाहिरका इलाम, चिनवनको भरतपुर, दाङको देउखुरी र कैलालीको धनगढीमा पनि एक्यूआई घटेर १०० भन्दा कम मापन भएको छ ।
बिहीबार पोखरा सबैभन्दा प्रदूषित छ । सोही समयमा पोखराको एक्यूआई १५६ मापन भएको विभागको तथ्यांक छ ।
१०१ देखि १५० एक्यूआई को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।





