११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

सुनको मूल्य दैनिक बढ्दै, आज तालाकै ३९ सयले वृद्धि



काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २८ चैत्र २०८१, शुक्रबार  ११ : २२ बजे