८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बसको झ्यालबाट टाउको निकाल्दा ठोक्किएर मृत्यु



म्याग्दी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर सल्यानकी एक बालिकाको मृत्यु भएको छ । शुक्रवार राती करिब १० बजेको समयमा रा १ ख १६१३ नम्बरको बस बेनपा–९ ,गलेश्वर स्थित धर्मशाला परिसर भित्र जाने क्रममा टाउको गेटमा ठोक्किएर उक्त बसमा सवार सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका–६,लवाङकी १५ वर्षीया सरस्वती ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार,समयमा घटनास्थलमा गम्भीर घाइते ओलीको बेनी प्रादेशिक अस्पतालमा उपचारको ल्याइए पनि चिकित्सकले मृते घोषणा गरेका थिए । शव पोस्टमार्टमका लागि अस्पतालको शव गृहमा राखिएको छ भने बस चालक पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ११ : ४२ बजे