काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आज सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने रुपन्देही जिल्ला अदालतको आदेश बदर गरेको थियो । उच्चले उनलाई थुनामा राख्ने आदेश गरेको थियो ।
सोही आदेशबमोजिम लामिछाने यही चैत २२ गते पक्राउ परी पुर्पक्षका निम्ति थुनामा छन् । थुनामै रहेर पुनरावेदन गर्न पाउने कानुनी व्यवस्थाबमोजिम उनले आफ्नो कानुन व्यवसायीमार्फत सर्वोच्चमा निवेदन दर्ता गराएका रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । यस अपघ उनले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए ।





