४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

सरकारको नाममा धरै ठुलो बदनामी भइरहेको छ : सभापति देउवा



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गर्नुभएको भन्ने भनाइको खण्डन गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दुतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताउनुभएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका हुन्

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दुतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताउनुभएको थियो । सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दुतावास नआउनुभएको र भारतका लागि नेपाली राजदुत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताउनुभएको उल्लेख गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ूअघि डा। शेखर कोइरालाले भनिसक्नुभयो । सरकारको नाममा अहिले धेरै ठुलो बदनामी भइरहेको छ । यो नहोस् भनिसक्नुभयो । त्यसैले शेयर होल्डरको पैसा जनताको पैसा भएको हुनाले यसको अनावश्यक खर्च हुनु हुँदैन । मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगे छु । उहाँले दिल्लीको राजदुतावासमा आउनुभएको होइन, दिल्लीको राजदुतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो । हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दुतावासमा आउनुभएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’

सभापति देउवाले सरकारको नाममा धरै ठुलो बदनामी भइरहेको बताए ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  १२ : ५७ बजे