४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

नेपाल टी–२० सिरिजको फाइनलमा



काठमाडौँ । नेपाल हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

मिसन रोड क्रिकेट मैदानमा शनिबार आयोजक हङकङविरुद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

हङकङले नौ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि खेल पुनस् सञ्चालन हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाँडेका हुन् । यससँगै नेपालले तीनबाट पाँच अङ्क बनायो । समान खेलबाट तीन अङ्क बनाएको हङकङ तेस्रो स्थानमा रह्यो ।

फाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । चार अङ्क बनाएको कुवेत तेस्रो भएको हो । नेपालले पहिलो खेलमा कतारलाई आठ विकेटले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ३ : ४३ बजे