३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

मनाइयो हनुमान जयन्ती



भैरहवा । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान जयन्ती मनाइएको छ ।

भैरहवा तथा आसपासका क्षेत्रमा हनुमानको पूजाअर्चना, रामायण तथा हनुमान् चालिसा पाठ गरेर हनुमान जयन्ती मनाइएको हो ।

भैरहवामा शोभायात्रा पनि निकालिएको थियो । विश्वशान्ति तथा जनकल्याणको कामना गर्दै हनुमान जन्मोत्सव मनाउने परम्परा रहेको श्री रामजानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले बताए ।

हनुमानलाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शनिबार  ३ : ४६ बजे