३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

वर्षको अन्तिम दिन सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार



काठमाडौं । यस बर्षको अन्तिम दिन सुन बजारले धेरै उतारचढाव बनाएर रेकर्ड राखेको छ । स्थानीय बजारमा हालसम्मकै उच्च कायम भएको छ । वर्ष ०८१ को अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर इतिहासकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन ९शुक्रबार० छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यो पनि उच्च मूल्य थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ११ : २० बजे