९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

दुई जनाको ज्यान जाने गरी भएको तीनकुने घटनाको १५ दिनपछि पूर्वराजाले मुख खोले –’ दुःख लाग्यो’



काठमाडौं । दुई जनाको ज्यान जाने गरी भएको राजतन्त्रसमर्थ आन्दोलन भएको १५ दिनपछि पूर्वराजाले मुख खोलेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ गते काठमाडौंमा भएको आन्दोलनमा भएको क्षतीप्रति दुःख व्यक्त गरेका छन् । शाहले मानवीय र भौतिक क्षतिप्रति दुख ब्यक्त गरे ।

उनले नयाँ वर्ष २०८२ को अवसरमा दिएको शुभकामना सन्देशमा भनेका छन्, “सबैले अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दरता हो । धारणा र मान्यता प्रस्तुत गर्दा सबैले सम्यम अपनाउनुपर्छ । केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा आगजनी र तोडफोड भयो त्यसबाट मानवीय र भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा कुनै तन्त्र वा वाद हुँदैन ।”

उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुपता पैदा भएको छ त्यसलाई सकारात्मक लिएको बताएका छन् । “संवैधानिक राजसंस्थामा हाम्रो मान्यता रही आएको छ,” उनको धारणा छ, “राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनुपर्छ ।”
गत चैत १५ गते भएको पूर्वराजासमर्थको आन्दोलनमा परी २जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ८ : ५९ बजे