१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025

शिक्षक तथा कर्मचारीलाई महासंघले भन्यो- कक्षा १२ को परीक्षामा सहभागी नहुनू



काठमाडौं । शिक्षकहरुको आन्दोलन थप चर्किने देखेपछि शिक्षक महासंघले मुख खोलेको छ । आज नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ ।

महासंघले विज्ञप्ति जारी गर्दै उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणजस्ता कुनै पनि काममा सलग्न नहुन शिक्षक तथा कर्मचारीमा अपिल गरेको छ ।

शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, गाउँरनगरपालिकालाई पनि आग्रह गरेको छ ।

नेपाल शिक्षक महासंघ चैत २० गतेबाट काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्दै आइरहेको छ । महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ८ : ५९ बजे