२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

यु–१९ विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित



काठमाडौँ ।नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हराएको हो । नेपालको यो लगातार तेस्रो जित हो ।

यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई डकवर्थ–लुइस ९डिएलएस मेथोड० का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।

जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछन ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : ५१ बजे