काठमाडौं । सत्तारुढ दुई प्रमुख दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गरेPsf 5 . गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेबीच सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गरे
बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “हाम्राबीचमा कुनै समस्या छैन । बाहिर दुईदलका बीचमा केही समस्या भयो कि भन्ने कुरा छ । त्यस्तो खालको कुनै समस्या छैन ।”
शिक्षा विधेक चाँडोभन्दा चाँडो टुंग्याउने कुरामा सरकारले सहजीकरण गर्ने उनले बताए । उनले भने, “आउने अधिवेशनमा टुंग्याउन सकिन्छ, टुंगिन्छ भन्ने प्रतिबद्धता गरेका छौँ, त्यही ढंगले शिक्षकले लिनुपर्छ ।”





