२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सुनको मूल्यले दैनिक रेकर्ड राख्यो, तोलाको १ लाख ९० हजार नाघ्यो



काठमाडौँ । सुनको मूल्य तोलाको रु एक लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो प्रतितोला रु एक लाख ८७ हजारमा कारोबार भएको सुन आज तोलामा रु तीन हजार ६०० ले रु एक लाख ९० हजार ६०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै,आज चाँदीको मूल्य तोलाको रु एक हजार ९६० कायम भएको छ ।
अघिल्लो दिन कारोबारको तुलनामा आज चाँदीको मूल्य तोलामा रु पाँचले बढेर एक हजार ९६० कायम भएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  २ : १२ बजे