२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

शिक्षक जस्तै निजामती कर्मचारीलाई सडकमा पुग्ने वातावरण नबनाऔं: विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्ती विश्वप्रकाश शर्माले निजामती कर्मचारीलाई शिक्षकलाई जस्तै सडकमै जाने वातावरण बनाउन नहुने बताएका छन् ।

शुक्रबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले शिक्षकलाई जस्तै निजामती कर्मचारीलाई पनि सडकमै पुग्ने वातावरण बनाउन नहुने बताएका हुन् ।

‘यहाँ आउदै गर्दा एकछिन जाममा परियो । सडकम शिक्षकहरू छन्,’ बैठकमा शर्माले भने, ‘निजामती कर्मचारीलाई सडकमै जाने वातावरण बनाउन हुन्न ।’

कर्मचारीले आफूहरूलाई गुमराहमा राखेर ऐन बनाए सडक आन्दोलनमा जाने चेतावनी दिइरहेको उल्लेख गर्दै उनले भने, ‘उहाँहरूसँग पनि एकपटक छलफल गरौं, ताकि ऐन बन्दा अपनत्व सबैले लिन सकियोस् ।’

एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन् । यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने उनले बताए ।

नेकपा माओवादी केन्द्र लगायत कतिपयले कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताएका हुन् । कांग्रेस सांसदहरुले भने कुलिङ पिरियडु दुई वर्ष राख्न प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  २ : २५ बजे