२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



काठमाडौं। सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत आज र भोली ९शनिबार र आइतबार० देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने छ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकालाई बालभिटा पनि वितरण गरिने र कुपोषणको परीक्षणसमेत गरिनेछ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : २४ बजे