२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

डोटीमा खाद्यान बोकेको मिनीट्रक दुर्घटना, तीनजनाको मृत्यु



दिपायल । भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

चालक अर्जुन धामीसहित तीनजनाको मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको  खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना भएको हो । रासस

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ९ : ०८ बजे