काठमाडौं । मंगलबार कश्मीर आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको नेपाल ठेगाना बुटवल रहेको खुलेको छ । उनी बुटवल उपमहानगरपालिका–१४ रहेको खुलेको छ । सुदीप शनिबारमात्रै घुम्न भनेर घरबाट निस्किएका थिए ।
ूगएको शनिबार घुम्न गएको थियो । आमालाई पनि लगेको थियो, छोरी ज्वाइँ पनि सँगै थिए । त्यस्तो दुस्खद घटना भयो,ू वडाध्यक्ष न्यौपानेले भने ।
जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण भएको थियो । जसमा कम्तीमा २७ पर्यटकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमले आक्रमणमा परे नेपाली नागरिक सुदीप न्यौपानेको ज्यान गएको बताएका थिए । यता प्रधानमन्त्री केपी ओलीले जम्मु–कश्मीर आतङ्कवादी हमलाको निन्दा गरेका छन् ।





