काठमाडौँ । नेपाल र भारतबिच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि मङ्गलबार हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कम्पनी लिमिटेडबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
ऊर्जामन्त्री खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि खट्टरसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउनुभएको छ । सम्झौतापत्रमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्य र पावर ग्रिड लिमिटेड भारतका निर्देशक डा। यतिन्द्र द्विवेदीले संयुक्त हस्ताक्षर गरे ।





