२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

भुकम्प स्मृति दिवस: बारपाक सुलिकोटमा सार्वजनिक विदा



गोरखा- गोरखा भुकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।

बि.स २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा स्मृति दिवसको अवसर पारेर पालिका भित्र सार्वजनिक विदा दिइएको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गाउँ कार्यपालिकाको बैठकले भुकम्प स्मृति दिवसका दिन पालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक विदाका दिन पालिका अन्तर्गतका सवै कार्यालय, वडा कार्यालय, शिक्षण तथा, स्वास्थ्य संस्था, गैह्रसरकारी संस्था लगायत बन्द रहने गाउँपालिकाले जनाएको छ ।

भुकम्प स्मृति दिवसको अवसरमा भुकम्पको केन्द्रविन्दु बारपाकस्थित हिमालय माध्यामिक विद्यालयको खेलमैदानमा गाउँपालिकाको आयोजनामा आजै विशेष श्रद्धान्जली कार्यक्रमको आयोजना समेत गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : २१ बजे