२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सुनको मूल्य तोलामा एक हजारले घट्यो



काठमाडौँ । सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ११ : २९ बजे