काठमाडौँ । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले संबोधन गर्ने कार्यक्रम स्थगित भएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको हो । संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन्।
शीर्ष नेताहरू उपस्थित नहुने भएकाले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको नेकपा ९एमाले० का मुख्य सचेतक महेश बर्तौलाले बताए।





