१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, समसामयिक बिषयमा छलफल



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको उनले बताए

भेटघाटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए। पछिल्लो समय सरकार ढल्ने चर्चाबीच उनीहरुको भेटलाई अर्थपूर्ण मानिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १० : ३९ बजे