काठमाडौँ । नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट ९एएफपीपीडी०को युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन्। यो निर्वाचन १५औँ महासभाको अवसरमा अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको हो।
एएफपीपीडी एसिया– प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समिति एनसिएस का सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो, जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
थकालीको निर्वाचनले जनसङ्ख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ। युवा सशक्तीकरणको क्षेत्रमा उहाँले गर्दै आएको सक्रिय नेतृत्वका अतिरिक्त, थकालीले जलवायु संकटसम्बन्धी विषयहरूलाई पनि निरन्तर प्राथमिकतामा राख्दै आएका छन्। उहाँले विभिन्न मञ्चहरूमा जलवायु सङ्कटको आवाज बुलन्द गर्दै, दिगो र समावेशी नीतिहरूको आवश्यकता प्रतिपादन गर्दै आएका छन्।





