१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सरकारले हिंस्रक चरित्र प्रस्तुत गर्यो : सांसद देवेन्द्र पौडेल



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले हिंस्रक चरित्र प्रस्तुत गरेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले सरकारले शिक्षकमाथि लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गरेको आरोप लगाए ।

“सरकारले लाठी र पानीको फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्‍यो । आदरणीय शिक्षकले घर, घडेरी, बिल्डिङ खोजेका होइनन् । श्रमको मूल्य खोजेका हुन्,” उनले भने ।

उनले शिक्षक, डाक्टर, कर्मचारीको आवाज सुन्दैन भने कसको सरकार हो भनी प्रश्न गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  १२ : १९ बजे