२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सत्तारुढ दलको बैठक जारी



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा सरकारको आगामी आर्थिक वर्षको २०८२÷०८३ को नीति तथा कार्यक्रमकोप्रस्तुत हुने कार्यक्रम रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अश्वकुमार राईलगायत सहभागी छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ४७ बजे