२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सत्तापक्षीय दलको बैठकको निष्कर्ष :युवा पुस्तालाई आशा जगाउने कार्यक्रम ल्याउन सुझाव



काठमाडौँ । सत्तापक्षीय राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढीकरण गर्दै अर्थतन्त्रलाई लयमा ल्याउने र युवा पुस्तालाई आशा जगाउने खालका नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा विकास निर्माणलाई प्रभावकारी, समयबद्ध र उच्च प्राथमिकीकरण गरी स्रोतहरुको अपव्यय हुन नदिन जोड दिइएको बैठकमा सहभागी नेकपा ९एमाले० का महासचिव प्रदीपकुमार ज्ञवालीले सञ्चारकर्मीलाई जानकारी गराए ।

उपमहासचिव ज्ञवालीले अनावश्यक संरचना र फिजुल खर्चलाई निर्ममतापूर्वक कटौती गर्न, सुशासन र कार्यदक्षता बढाउन र बाह्य सम्बन्धलाई सुदृढ गर्न सुझाव दिइएको पनि बताउनुभयो । यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक डाकेका थिए ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष ओलीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ३ : ०१ बजे