२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति



काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज भएको बार्तामा शिक्षकहरुले उठाउँदै आएका माग संवोधनका विषयमा सहमति बनेको मन्त्रालयमा रहनु भएका हाम्रा सहकर्मी शालिक सुवेदीले जानकारी दिए ।

शिक्षकका मागहरुलाइ पहिलो चरण र दोस्रो चरणमा गरी सम्बोधन गरिने छ । पहिलो चरणमा सम्बोधन गर्ने मागहरुलाई आजै मन्त्रीपरिषद बैठकबाट निर्णय गरिएसँगै शिक्षकहरुले जारी आन्दोलन स्थगनको घोषणा गर्ने बताइएको छ । मन्त्रीपरिषदको बैठक भर्खरै सुरु भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  ८ : ४९ बजे