काठमाडौँ । नेकपा ९एमाले० को संसदीय दलको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्नेगरी दलको बैठक बस्ने तय भएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
संसदीय दलको बैठकमा राष्ट्रपतिले आज शुक्रबार संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ । यस्तै, संसद्मा दलको तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए ।





