काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ६०० रुपैयाँ कायम छ । आइतबार ९वैशाख २१० छापावाल सुन प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





