२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु



नवलपुर । नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र वडा नम्बर ४ धर्म चोक बस्ने १६ वर्षका शिशिर पन्त रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिैए ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार  ६ : ०८ बजे